दोलखामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घार्इते

चरिकोट : जिल्लाको लादुकमा अार्इतबार बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित अाठ जना घार्इते भएका छन् । 

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । 

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । 

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाैं पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?