नेविसंघका महामन्त्री काफ्लेले भने, योजनाअनुसार नै गाडी जलाएको हो

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारी गाडीमा भएको आगजनीलाई नेविसंघले जिम्मा लिने बताएका छन् ।

साथै उनले नेविसंघले पूर्वघोषित कार्यक्रमअनुसार नै सरकारी गाडीमा क्षति पु–याएको बताएका छन् । नेविसंघले आइतवारदेखि सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।

नेविसंघले ७७ वटै जिल्ला र सम्पूर्ण क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला जलाउने घोषणा गरेको छ । संघका महामन्त्री काफ्लेले मूल्यवृद्धिको विरोधमा सर्वसत्तावादको नायक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न लागेको बताए ।

मूल्यवृद्धिको विरोधमा संघले आन्दोलन गरिरहेको छ । आन्दोलनको कार्यक्रम भन्दै नेविसंघले आइतवार काठमाडौंको शंखमुल नजिकै एक सवारी गाडीमा आगजनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?