काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिमार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्पोल र ३ राउण्ड गोली बरामद गरेको छ ।
महानगरीय वृत्त महाराजगञ्जका प्रमुख डिएसपी योगेन्द्र सिंह थापाका अनुसार, अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकर लामो समयदेखि प्रयोगमा नआएको र पुनः प्रयोग गर्न प्रशासनले खोल्दा पेस्ताल र गोली बरामद गरेको हो ।
पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन ।
डिएसपी योगेन्द्र सिंह थापाले भने, ‘जसजसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो । तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको थियो । र, खोल्दा पेस्तोल भेटिएको हो ।’
स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन ।
प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको डिएसपी थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया