दक्षिण कोरियाले भन्यो : एक व्यक्ति सीमा पार गरेर उत्तर कोरिया गए

लोकपथ
14
Shares

कडा सुरक्षा भएको सीमालाई पार गर्दै एक व्यक्ति उत्तर कोरियातर्फ गएका छन् । दक्षिण कोरियाका अनुसार ति व्यक्तिलाई रोक्न निकै प्रयास गरिएको भए पनि सफलता मिल्न सकेन ।

अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो । उक्त व्यक्ति तारको घेरा पार गरेर तीन घण्टा त्यहाँ बसे र फेरि उत्तर कोरियाली हिस्सातर्फ अघि बढेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

त्यसबारे जानकारी हुनासाथ उनलाई पक्राउ गर्न सैनिक पठाइएको थियो । सीमा पार गर्ने व्यक्ति दक्षिण कोरियाका हुन् या उत्तरबाट आएका थिए र घर फर्किएका हुन् भन्ने एकिन हुन नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?