ट्रम्पका वकिल भन्छन्– किमले वार्ताका लागि विन्ती गरे ।”

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रूडी गिलियानीले उत्तर कोरियाली नेता किम जोंग उनले राष्ट्रपतिले खारिज गरिसकेको वार्तालाई पुनर्जिवित गराउन विन्ती गरेको टिप्पणी गरेका छन् ।इजरायलमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै गिलियानीले ट्रम्को अडानले किमका हात विन्तीमा जोडिएको भने ।

ट्रम्पले मे महिनामा उत्तर कोरिया धेरै क्रोधी  र खुला शत्रुता गर्ने खालको भएको भन्दै शिखर सम्मेलनको प्रस्तावलाई फिर्ता गरेका थिए । शान्ति बनाउने पोङयाङको चाहना पछि १२ जुनमा द्विपक्षीय  शिखर वार्ता हुने कार्यक्रम पुनर्जिवित भएको थियो । 

गिलियानीले लगानी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उत्तर कोरियालीले गिलियानीको यो टिप्पणी प्रति कुनै प्रतिक्रिया अहिले सम्म जनाएको छैन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?