भारतमा ४२२ व्यक्तिमा ओमिक्रोन पुष्टि

लोकपथ
63
Shares

भारतले पछिल्लो २४ घण्टामा छ हजार ९८७ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको आइतबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७६ हजार ७६६ रहेको र यो सङ्ख्या सन् २०२० माघदेखि सबैभन्दा कम हो ।

मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाभाइरसको ओमिक्रोन भाइरसका ४२२ वटा घटना पुष्टि भएका छन् । महाराष्ट्रमा १०८, दिल्लीमा ७९ र गुजरात ४३ व्यक्तिमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ ।

देशमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या कूल सङ्क्रमितको एक प्रतिशतभन्दा कम रहेको छ । अहिले भारतमा कोभिड सङ्क्रमण दर ०.२२ प्रतिशत रहेको छ जुन गत वर्ष मार्चपछि सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?