अफगानिस्तानमा छ हजार ४०० भन्दा बढी पत्रकारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक

लोकपथ
42
Shares

अफगानिस्तानमा तालीवान समूहले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले रोजगारी गुमाएको एक सर्वेक्षण रिपोर्टले देखाएको छ ।

रिपोटर्स विदआउट बोर्डस (आरएसएफ) ले गरेको सर्वेक्षण अनुसार तालीवान समूहले २ सय ३१ वटा सञ्चारगृह बन्द गर्न निर्देशन दिएको र त्यसबाट ती पत्रकारहरुको जागिर गुमेको हो ।

पाँच महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरूमा ८० प्रतिशत महिला रहेका छन् । जागिर गुमाउनेमध्ये अधिकांश हेरात प्रान्तका १८ वटा सञ्चारकेन्द्र र परवान प्रान्तका १० सञ्चार केन्द्र सम्वद्ध पत्रकारहरु रहेका रिपोर्टमा उल्लेख छ ।

अफगानिस्तानमा तालिवान आउनुपहिले सञ्चालनमा रहेका हरेक दश वटा सञ्चार माध्यमका चारजनाभन्दा बढी बेपत्ता भएका छन् भने ६० प्रतिशत पत्रकार तथा सञ्चारमाध्यमका कर्मचारीले अनुकुल बातावरण नहुँदा काम गर्न सकेका छैनन् ।

तालिबानले काबुललाई आफ्नो नियन्त्रणमा लिएदेखि आफ्नो जागिर गुमाएका सबैभन्दा बढी अर्थात् ८० प्रतिशत महिला पत्रकारहरू रहेका बताइएको छ ।

“गृष्म ऋतुको सुरूसम्ममा अफगानिस्तानमा जम्मा ५४३ वटा सञ्चार माध्यम सञ्चालनमा रहेकोमा नोभेम्बरको अन्त्यसम्ममा २००भन्दा बढी बन्द भई ३१२ सञ्चारमाध्यम मात्र सञ्चालनमा रहेका छन् ।

रिपोर्ट अनुसार तीन महिनाको अन्तरालमा ४३% अफगान सञ्चारमाध्यम बन्द भएका आरएसएफको अध्ययनले देखाएको छ ।

चार महिनाअघि नै अधिकांश अफगान प्रान्तहरूमा कम्तीमा पनि दसवटा निजी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू थिए तर अहिले केही क्षेत्रहरूमा स्थानीय सञ्चार माध्यमहरू पटक्कै छैनन् ।

आरएसएफले रिपोर्टमा भनेको छ, “पर्वतीय उत्तरी प्रान्त परवानमा पहिले १० वटा सञ्चार माध्यमहरू थिए तर अहिले तीनवटा मात्र काम गरिरहेका छन् । पश्चिमी शहर हेरात (देशको तेस्रो ठूलो) र आसपासका प्रान्तमा ५१ वटा सञ्चार माध्यममध्ये १८ वटा मात्र सञ्चालन भइरहेका छन् । यो सङ्ख्याका हिसाबले ६५ प्रतिशतले कमी हो ।”

“पाँच महिना पहिले अफगानिस्तानमा सबैभन्दा बढी सञ्चारमाध्यम रहेको काबुलको मध्य भागमा पनि तालिवानको दवावका कारण अत्यधिक सञ्चारकर्मी र तीनमा कार्यरत कर्मचारी कि त विदेश ण्पलायन भएका छन् कि निष्कृयरूपमा देशमा नै बसेका छन् ।

तालिबानले अगस्तमा देशलाई आफ्नो कब्जामा लिएपछिसमूहको पहिलो समाचार सम्मेलनमा सरकारी अधिकारीहरूका लागि महिला अधिकार, सञ्चार स्वतन्त्रता र आममाफीको प्रतिज्ञा गरेको थियो । तर, कार्यकर्ता, पूर्वसरकारी कर्मचारी र पत्रकारले भने प्रतिशोधको सामना गरिरहनुपरेको रिपोर्टहरू अहिले पनि आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?