भारतमा थप ६ हजार ६ सय ५० जना कोरोना संक्रमित

RSS
26
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप छ हजार ६ सय ५० संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६ सय २६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

तीमध्ये ३ सय ५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका संक्रमित रहेका छन् । ओमिक्रोनका १ सय १४ जना संक्रमित भने निको भएका जनाइएको छ ।

सोही अवधिमा थप ३ संक्र ७४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७९ हजार १ सय ३३ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रुरूमा कमी आएको देखिएको बताइएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७७ हजार ५ सय १६ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कूल संक्रमितको संख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या ७ सय ७५ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा सात हजार ५१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख १५ हजार ९ सय ७७ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४२ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ९६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४३ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?