काठमाडौं । शुक्रबार बिहान बंगलादेशमा एउटा डुंगा (फेरी)मा आगो लाग्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
बंगलादेशको राजधानी ढाकाबाट करिब २ सय किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा डुंगामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १ सय जना घाइते भएका छन् ।
ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा करिब एक हजार मानिस बोकेको उक्त डुंगा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया