काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फको मतगणना जारी छ ।
खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् ।
चिनकाजीलाई उमेश श्रेष्ठले पछ्याइरहेका छन् । उमेश श्रेष्ठले ४६७ मतसहित चिनकाजीलाई पछ्याएका हुन् ।
त्यसैगरी टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् ।
यता, आङगेलु शेर्पाले ३९४, तारामान गुरुङले ३९१, ओम बहादुर घर्तीले ३४६, टेक प्रसाद गुरुङले ३४३, जितनारायण श्रेष्ठले ३३१ र महादेव गुरुङ– ३१६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया