काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना विजयी हुँदा सर्वाधिक मत शशांक कोइरालाले ल्याए । यसअघि महामन्त्री रहिसकेका उनले १४ औं महाधिवेशनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।
यस्तै शीर्षभित्र मत ल्याउनेमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा र अर्जुन नरसिंह केसी रहेका छन् ।
शीर्ष १० भित्र पर्ने नेता केसी कांग्रेसभित्रको बौद्धिक नेताका रुपमा चिनिन्छन् । यस्तै डा रामशरण महत विजयी हुनेको सूचीमा १७ औं नम्बरमा रहेका छन् ।केसीले २६५० मत ल्याउँदा महतले २४३४ मत ल्याए । केसी र महत दुबैको गृहजिल्ला नुवाकोट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया