पोल्यान्डमा डायनोसरका सयौँ पदचिह्न फेला

लोकपथ
84
Shares

काठमाडौं । पोल्यान्डमा डायनोसरका सयौं पदचिह्न फेला परेका छन् । पदचिह्न फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ ।

राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिह्न फेला परेका हुन् ।

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिह्न ४० सेन्टिमिटरसम्म लामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?