हाइटीमा ग्याँसट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु

लोकपथ
84
Shares

हाइटी । हाइटीमा मङ्गलबार भएको ठूलो ग्याँसट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ ।

प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गरेका बताइएको छ ।

त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मदत गर्न आपतकालीन कोषहरु खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गरेका छन् । विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन् । घटनास्थलमा भीड जम्मा भएका , केही मृतकहरू शरीरको झोलामा सडकमा छोडिएका बताइएको छ ।

Haiti fuel tanker blast kills dozens in Cap-Haïtien - BBC News

‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भनेका छन् ।

सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेका बताइएको छ । कैयौँ मानिसहरुलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्नु हुँदै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको पनि उनले बताएका छन् ।

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ । हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?