रूस र भारतबीच १० द्विपक्षीय सम्झौता हुने

लोकपथ
77
Shares
SOCHI, RUSSIA – MAY 21, 2018: India’s Prime Minister Narendra Modi (L) and Russia’s President Vladimir Putin shake hands during a meeting. Mikhail Metzel/TASS (Photo by Mikhail MetzelTASS via Getty Images)

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि भारत र रूसबीच विभिन्न क्षेत्रहरूमा १० द्विपक्षीय समझौता हुने भएको छ।

रूसका राष्ट्रपतिका सहायक यूरी यूशाकोवले १० समझौतामा हस्ताक्षर गरिने जनाएका छन् । भेटवार्तामा केही महत्वपूर्ण समझौताहरू पनि भएको बताइएको छ।

उनले भने, ‘हामीलाई विश्वास छ, यस यात्रामा अन्य धेरै समझौताहरूमा पनि हस्ताक्षर गरिनेछ।’ यूशाकोवले यी समझौताहरूको नाम बताउन अस्वीकार गरे तर उनले सो द्विपक्षीय सम्झौताहरूको हिसाबले धेरै क्षेत्रहरूमा महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले ०६ डिसम्बरमा भारत-रूस सम्मेलनको निम्ति वार्षिक भारतको यात्रा गर्नेछन् । २०१९ मा ब्राजीलियामा आयोजित ब्रिक्स सम्मेलनपछि यी दुवै देशका नेताहरूबीच पहिलो भेट भएको थियो ।

नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति पुटिनबीच बैठक बाहेक दुवै देशको रक्षा र विदेश मामिलाहरूका मन्त्रीहरूबीच पनि ०६ डिसम्बरमा नयाँ दिल्लीमा बैठक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?