यी हुन् अमेरिकाका १० विनाशकारी आँधी

लोकपथ
147
Shares
People walk along the streets in the Alberta City neighborhood Thursday April 28, 2011, after a tornado struck Tuscaloosa, Ala. the day before. Massive tornadoes tore a town-flattening streak across the South, killing at least 269 people in six states and forcing rescuers to carry some survivors out on makeshift stretchers of splintered debris. (AP Photo/David Bundy)

काठमाडौं । अमेरिकामा शुक्रबार र शनिबार शक्तिशाली आँधी गएको छ । आँधीबाट कम्तिमा १०० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।

10 Most Destructive Storms | HowStuffWorks

आँधीले भौतिक संरचनामा ठूलो क्षति पुग्नुको साथै दर्जनौ घाइते भएका छन् । अमेरिकामा यसअघि पनि बारम्बार विनाशकारी आँधी आएका थिए । प्रस्तुत छ अमेरिकामा गएका १० विनाशकारी आँधी र यसले पारेको असरः

१) त्रिस्टेट टोरनाडोः सन् १९२५ को १८ मार्चमा आएको शक्तिशाली आँधीमा परेर ७४७ जनाको मृत्यु भएको थियो । अमेरिकी इतिहासमै अहिलेसम्मकै डरलाग्दो मानिएको सो आँधीले मिसौरी, दक्षिणी इलिनोइस हुँदै दक्षिणपश्चिम इन्डियानासम्म पुगेको थियो । तीन ओटा राज्यमा फैलिएकोले त्यसलाई ट्रिस्टेट आँधी भनिएको छ ।

२) सन् १९३२ को ३१ मार्चमा अर्को ठूलो समुद्री आँधी आएको थियो । दुई ओटा राज्य नराम्रोसँग प्रभावित भएको सो आँधी टेक्सास हुँदै क्यरोलिनातर्फ बढेको थियो । आँधीमा ३३२ जनाको मृत्यु भएको थियो ।

३) नाटचेज टोरनाडो: सन् १८४० को १७ मेमा अमेरिकामा शक्तिशाली आँधी आएको थियो जसलाई ग्रेट नाटचेज टोरनाडो नाम दिइएको छ । अमेरिकी इतिहासकै खराबमध्येको सो टोरनाडोबाट मिसिसिपी राज्यको नाटचेज सहर सबैभन्दा प्रभावित भएको थियो । आँधीमा ३१७ जनाको मृत्यु भएको थियो । आँधीबाट मारिएकामध्ये अधिकांशको शव नजिकैको नदीमा तैरिएको अवस्थामा भेटिएको थियो ।

Typhoon, Cyclone or Hurricane? Different Names for the Same Storms - The  New York Times

४) सुपर आउटब्रेकः सन् २०११ को २४ अप्रिलमा आएको आँधीले दक्षिणपूर्वी अमेरिका नराम्रोसँग प्रभावित भएको थियो । सुपर आउटब्रेक नाम दिइएको सो आँधी २२ देखि २८ अप्रिलसम्म आएको थियो । आँधीका कारण कम्तिमा ३५४ जनाको मृत्यु भएको छ । आँधीबाट टेनेसा, मिसिसिपी, जर्जिया, अर्कान्सस र भर्जिनिया सबैभन्दा बढी प्रभावित भएका थिए ।

५) सुपर आउटब्रेक:  सन् १९७४ को ३ अप्रिलमा गएको अमेरिकी आँधीलाई सुपर आउटब्रेक नाम दिइएको छ । १३ ओटा राज्य प्रभावित भएको सो आँधीबाट २४ घन्टामा ३१० जनाको मृत्यु भएको थियो ।

६) सेन्ट लुइस इस्ट टोरनाडोः सन् १८९६ को २७ मेमा अमेरिकामा अर्को शक्तिशाली आँधी आएको थियो । आँधीबाट मिसोउरी, इलिनोइस र केन्टकी प्रभावित भएका थिए । आँधीमा ३०५ जनाको मृत्यु भएको थियो ।

७) पाल्म सन्डे : सन् १९६५ को ११ अप्रिलमा आएको आँधीबाट अमेरिकाका तीन राज्य इलिनोइस, इन्डियाना र मिसिगन निकै प्रभावित भएका थिए । आँधीमा २६० जनाको मृत्यु र १ हजार घाइते भएका थिए ।

At least 50 feared dead in Kentucky tornadoes as powerful storms rip across  US | The Times of Israel

८) तुपेलो गेन्सभिल्ला टोरनाडोः सन् १९३६ को ५ अप्रिलमा आएको आँधीमा २४९ जनाको मृत्यु भएको थियो । मिसिसिपीको तुपेलोलाई केन्द्र पारेर आएको सो आँधीले भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।

९) अलाबामा मिसिसिपीको आँधीः सन् १९२० को २० अप्रिलमा आएको आँधीमा २२४ जनाको मृत्यु भएको थियो । एक विहानै आएको सो आँधीबाट अलाबामा र मिसिसिपी राज्य प्रभावित भएका थिए ।

१०) सन् १९०८ को २४ अप्रिलमा साउद डाकोटा र टेक्सासमा आएको आँधीमा २२० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?