अमेरिकाको आँधीमा कम्तीमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा

लोकपथ
315
Shares

अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौँ हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ ।

आँधीका कारण केन्टुकीका दशौँ हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको छ ।

आँधीले दर्जनौँ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अवरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?