Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

लोकपथ २३ मंसिर २०७८, बिहिबार २०:२९
नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा
शेयर गर्नुहोस् Facebook

रु एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो ।

कम्पनीले रु १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ रु २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल रु ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ । विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।