काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी नेता विश्वकर्माले सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।
उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै कोभिडका कारण महाधिवेशन समयमा नै हुन नसकेको उल्लेख गरे । मंसिर २४ गतेबाट सुरु हुने कांग्रेसको महाधिवेशनका लागि १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री र एक जना कोषाध्यक्षसहितको कार्यसमिति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया