अ‍ोमिक्रोनलाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ : डब्लूएचओ

लोकपथ
98
Shares
WHO Head-Quater in Geneva, Switzerland. Copyright : WHO/Pierre Virot

न्युयोर्क । अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो) ले जनाएको छ ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो ।

चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?