काठमाडौं । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन् ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए । यसपछि मोदीले आपतकालीन बैठक बोलाएका छन् । सीडीएस विपिन रावतलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको छ ।
#Watch: Military chopper crashes in TamilNadu's Ooty
CDS Bipin Rawat, his staff and some family members were in the Mi-series chopper that crashed between Coimbatore and Sulur in Tamil Nadu. Search and rescue operations launched from nearby bases: Sources pic.twitter.com/Vtlm2yOJJD
— The Times Of India (@timesofindia) December 8, 2021
वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिइएको छ । घटनास्थलबाट चार जनाको शव फेला परेको छ । घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए । दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन्।
हेलिकोप्टरमा कोको थिए सवार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया