काठमाडौं । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा बुधबार सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए।
उनीसँगै सेनाका केही उच्च अधिकारी पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनीहरु सबै एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । प्राप्त जानकारीअनुसार दुर्घटनापछि तीन जनाको उद्धार गरिएको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनास्थलमा ६ वटा एम्बुलेन्स तैनाथ छन् ।

दुर्घटनामा परेको सेनाको हेलिकाेप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन्।
कन्नूरमा सेनाको हेलिकाेप्टर दुर्घटना भएको हाे । यो हेलिकाेप्टरमा सीडीएस विपिन रावत पनि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया