पाकिस्तानमा हेलिकाेप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

लोकपथ
35
Shares

पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकाेप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।

दुर्घटनापछि खोजी र उद्धार हेलिकाेप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ । आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन।

जीबी (मुख्यमन्त्री) खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?