काठमाडौं : क्रकेट क्लब सनरार्इजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को फार्इनलमा प्रवेश गरेको छ ।
शुक्रबार बेलुकी भएको खेलमा कोलकाता नार्इटरार्इडर्सलार्इ १३ रनले हराउँदै हैदरवादले उपाधि भिडन्त पक्का गरेको हो । अार्इतबार बेलुकी हुने अार्इपीएलको ११ अाैं संस्करणको उपाधिका लागि हैदराबादले चेन्नार्इ सुपरकिंग्ससँग प्रतिष्पर्धा गर्नेछ।
फार्इनलका लागि भएको दोस्रो क्वालिफायरमा हैदरवादले कोलकातालार्इ १ सय ७५ रनको लक्ष्य दिएको थियो । तर, कोलकाताले पुरै २० अोभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रनमात्र जोड्न सक्यो । सनराइजर्स हैदरावादले अन्तिम ११ बलमा ३६ रन जोड्यो । राशिद खानले १० बलमा ३४ रन प्रहार गर्दै र भुवनेश्वरसँग नटआउट पारी खेले।
हैदरावादका राशिद खानले ३ विकेट लिँदै प्लेयर अफ दि म्याच अवार्डमा कब्जा जमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया