नागाल्याण्डमा १४ सर्वसाधारणको हत्या

लोकपथ
756
Shares

सुरक्षाकर्मीहरूको कारबाहीमा परेर नागाल्याण्डमा १४ जना सर्वसाधारणको हत्या भएको छ । उक्त हत्याकाण्डमा १ सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।

शनिवार राती सुरक्षाकर्मीले लडाकु आदीवासीहरुलाई कारबाही गर्ने क्रममा भुलवश सर्वसाधारण आदिवासीको हत्या भएको थियो । यो हत्याकाण्डलाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले दुखद घटना बताएका छन् । नागाल्याण्डका मुख्यमन्त्री नेफुइ रियोले गुप्तचर निकायको गलत सूचनाको कारण निर्दोष सर्वसाधारणको हत्या भएको जनाए । नागाल्याण्डका सर्वसाधारणले भने सुरक्षाकर्मीले आदिवासी लडाकु समूहलाई कारबाही गर्ने क्रममा बेलाबेलामा निर्दोष सर्वसाधारणको हत्या गरिरहेको जनाएका छन् ।

म्यानमारको सीमा क्षेत्रमा रहेको ओटिङ गाउँमा आसाम राइफलका सुरक्षाकर्मीले विद्रोही आदिवासीलाई कारबाही गर्ने क्रममा सर्वसाधारणको हत्या भएको थियो । कोइला खानीमा कार्यरत मजदुरहरूलाई लिएर फर्किरहेको ट्रक आसाम राइफलको क्याप रहेको क्षेत्र हुँदै गइरहेको समयमा उनीहरू माथि सेनाले आक्रमण गरेको रोयर्टस समाचार संस्थाले जनाएको छ । मजदुर बोकेको ट्रकमा आक्रमण हुँदा ६ जनाको मृत्यु भएको थियो । उक्त हत्याकाण्डको विरोधमा आदिवासी उत्रिएर आसाम राइफलको क्याम्प घेरेका थिए । उक्त घेराउमा आदिवासीले क्याम्पको सवारी साधन जलाउनुका साथै घरेलु हतियारबाट आक्रमण गरेका थिए । आदिवासीको प्रतिकारलाई दबाउने क्रममा थप ८ जना आदिवासी र १ सुरक्षाकर्मीको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?