नेकपाको पहिलो केन्द्रीय समिति बैठकः बालुवाटारमा के भयो ?

काठमाडौं– गत आइतबार एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पूर्णता पाएसँगै सो पार्टीको पहिलो बैठक सम्पन्न भएको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मनोनयन गरिएका केन्द्रीय समितिका सदस्यहरुको सपथका साथै एकआपसमा सामान्य परिचयन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नवनियुक्त केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले सपथ खुवाएका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  निर्देशनात्मक मन्तब्य राखेका थिए ।
आफ्नो मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले  आर्थिक समृद्धि र जनताको हित हुनेगरी काम गर्न  निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यस्तै उनले सुशासन कायम गर्नु पार्टीको उद्देश्य रहेको पनि बताए । पार्टी एक भएपनि अब जनताको मन जित्नु पर्ने भन्दै उनले सोहि अनुसार काम गर्न पनि निर्देशन दिएका थिए ।
 बैठकमा सहभागि हुने केन्द्रीय सदस्यहरु पार्टीको सर्कुलरअनुसार सक्कल नागरिकता र त्यसको फोटोकपी लिएर बालुवाटार पुगेका थिए ।
निर्वाचन आयोगमा दल दताए प्रयोजनका निमित्त पार्टीलाई सक्कल नागरिकता बमोजिम फोटोकपि बुझाइएको एक केन्द्रीय सदस्यले बताए ।
नेकपाले ४४१ सदस्सीय केन्द्रीय समिति बनाएपनि आजको बैठकमा सबैको सहभागिता  नरहेको बताइएको छ ।  जसमा तत्कालिन एमालेको २४१ र माओवादीको २००  केन्द्रीय सदस्य रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?