उत्तरी इराकमा भएको आक्रमणमा १० जनाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ।

सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो।
पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेशन शुरु गरेको थियो।

आईएसहरूले बिछ्याएको विष्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?