बाबुरामलाई घर बनाइदिँदै छोरी मानुषी

काठमाडौं । नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई मानुषी यमी भट्टराईले गोरखामा घर बनाइदिने भएकी छन् । 

नयाँ शक्ति पार्टी काठमाडौंकी संयोजक मानुषीले गोरखाको ज्योर्ति चौतारानजिकैको पाखो बारीमा दुई कोठे भूकम्प प्रतिरोधी घर बनाइदिने भएकी हुन् । 

भट्टराईको पुख्र्यौली थलो खोप्लाङमा बन्ने घरको नक्सा मानुषीकी आमा हिसिला यमीले  बनाइरहेकी छन् ।

त्यस्तै भागभण्डा गर्दा खोप्लाङस्थित बेलबासको दुई तले घर बाबुरामको भागमा परेको थियो । तर, उनले त्यो घर मानुषीको नाममा गरिदिए ।

०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले सो घरमा क्षति पुर्याएको थियो ।

सरकारले भूकम्प प्रभावितलाई नयाँ घर बनाउन तीन लाख अनुदान दिने निर्णय गरेको मध्ये मानुषीले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् । त्यो पैसा आफ्नै बैंक खातामा आइसकेको उनले बताइन् । 

उनले भनिन् ‘सरकारले भूकम्पपीडितलाई दिने अनुदानले बाआमाका लागि घर बनाउने निश्चित गरेँ ।’ मानुषीले भनिन्, ‘जुन ठाउँमा बाबा जनप्रतिनिधि हुनुहुन्छ त्यहीँ बस्ने एउटा घर त चाहियो नि ।’
बाबुराम गोरखा–२ बाट निर्वाचित भएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?