बच्चालाई मोबाईलमा भुलाउँदै खाना खुवाउनुहुन्छ ? होसियार !

बच्चाले खाना खान नमान्दा होस् वा कुनै कुराको लागि जिद्दी गर्दा होस् उनीहरुलाई मोबाइल फोनमा गेम खेल्न दिएर फकाउन सजिलो भएको छ आमाहरुलाई ।

अधिकांश बुबाहरुलाई बच्चाको आमा घरमा नभएको बेला आफ्नो फोन खसेर फुटोस् तर बच्चालाई फकाउन सकियो भने ठिकै छ भन्ने परिपाटि छ । तर त्यो मोबाइल फोनबाट निस्कने ‘माइक्रोवेभ रेडिएसनले’ बच्चाको दिमागमा कति असर पुर्याउँछ  भन्ने धेरैले सोचेका छैनन् ।

अमेरिकाको एक अनुसन्धान टोलीले ‘वायरलेस डिभाइस’ बाट उत्पन्न हुने माइक्रोवेभ रेडिएसनले युवा र वयस्कलाईभन्दा बालबालिकालाई धेरै असर पु¥याउने तथ्य खुलाएको छ । उनीहरुको दिमागी कोषले वयस्ककोभन्दा दोब्बर रेडिएसन सोस्छ भने बोन म्यारोले १० गुना बढी । 

त्यसैले ल्यापटप, कम्प्युटर, ट्याबलेट, मोबाईलजस्ता डिभाइसबाट बालबालिकालाई सकेसम्म टाढा राख्नु पर्ने र आफ्नै शरीरबाट पनि कम्तीमा २० सेन्टिमिटरको (७.८ ईन्च) दूरीमा राख्नुपर्ने उनीहरुले बताएका छन् ।

आफ्ना बच्चाले मोबाईलमा  गित संगित  नहेरी वा गेम नखेली  खाना खान मान्दैन अब के गर्ने त ? भन्ने सोच्नुभएको छ भने धनदा नमान्नुहोस् लोकपथ डटकमले केहि टिप्सहरु प्रस्तुत गरेको छ । 
यसो गर्नुहोस्, बच्चाहरुलाई सेलफोनबाट टाढा राख्न :

  •    विभिन्न बालकथा, लोककथाहरु हाउभाउका साथ सुनाउने
  •   बालबालिकाको विभिन्न खेलहरु खेलाउने
  •  उनीहरुको विभिन्न रुचिहरु जस्तै चित्रकला, नृत्य, खेलकुद आदि पहिचान गरेर त्यस्तै क्रियाकलापमा सरिक गराउने
  •   सुरुदेखि नै उनीहरुले माग्नासाथ सेलफोन दिएर बानी नबसाउने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?