कम्बोडियाका प्रधानमन्त्रीका छोरा उनीपछि प्रधानमन्त्रीको उम्मेदवार

लोकपथ
133
Shares

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार मध्ये एक हुने बताएका छन् ।

६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताए ।

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछु ’ उनले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताएका भएको कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।

४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य हुन् । उनी रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?