काठमाडौं । कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमित भई उपचाररत रहेकाले जबराले काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।
संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वत: कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया