परासी : काठमाडाैंबाट कैलालीको धनगढी जाँदै गरेको यात्रुबाहक बस नवलपुरको दुम्कीबासमा दुर्घटना भएको छ । दुर्घटनामा ३२ जना यात्रु घार्इते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
कर्णाली यातायातको ना ६ ख ७४५६ नम्बरको बसचालकले अर्को बसलार्इ अोभरटेक गर्न गति बढाउँदा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
घार्इतेहरूलार्इ उपचारार्थ चितवनको सदरमुकाम भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्यार्इएको छ । ४ जना यात्रुको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया