राप्रपा अब स्मार्ट पार्टी

वीरगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी दिनमा पार्टीलाई ‘स्मार्ट पार्टी’ बनाउन आधुनिक प्रविधि र सञ्चारमाध्यको भरपुर उपभोग गर्ने निर्णय गरेको छ । सोमबारबाट वीरगन्जमा जारी केन्द्रीय परिषद् बैठकले पार्टीलाई स्मार्ट पार्टी बनाउन नौबुँदे निर्णय गरेको छ ।

निर्वाचनमा पार्टीको लज्जास्पद हार र संगठनको आगामी कार्यदिशालगायत विषयमा समीक्षा गर्न बसेको केन्द्रीय परिषद् बैठक राप्रपाको २८ वर्षे पार्टी जीवनमा नै दोस्रोपटक भएको नेताहरूले बताए । ‘राप्रपाले आगामी दिनमा आधुनिक सूचना प्रविधि, सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पनि योजनाबद्ध ढंगले उपभोग गरी स्मार्ट पार्टी बनाउने निर्णय गरेका छांै’ पार्टी अध्यक्ष कमल थापाले बैठकले गरेका निर्णय सार्वजनिक गर्दै बताए, राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?