दमौली, तनहुँ : केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।
जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको र भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको दमाैली अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार दैनिक १६० जनासम्म बिरामी उपचारका लागि अार्इरहेका छन् । व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायतका क्षेत्रमा माैसमी रूघाखोकीका विरामी बढेका छन् । गर्मी बढेसँगै माैसमी रूघाखोकीको विरामी बढेका हुन् ।
बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालकी डाक्टर सृजना शर्माले बतार्इन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया