सुन तस्करी प्रकरणमा वरिष्ठ अभिवक्ताको यस्तो अनौठो काम

काठमाडौं– बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अभिवक्ता रमण श्रेष्ठले गतवर्ष महान्यायाधिवक्ताको हैसियतमा गतवर्ष सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे । आरोपितहरुमाथि कठोर सजायको माग गरे । पछिल्लो ३३ किलो  तस्करीको सुन त्रिभुवन विमानस्थलबाटै गायब पारिएको र खोज्ने क्रममा भएका हत्यासम्बन्धी मुद्दामा भने उनी कानून व्यवसायीको हैसियतमा आरोपितको पक्षमा उभिए । आरोपितको कानूनी प्रतिरक्षा गरे ।
उही प्रकृतिको प्रतिवादी समेत उही रहेको मुद्दामा कानून व्यवसायीले वादी र प्रतिवादी दुबै पक्षबाट बहस गर्न मिल्छ ?  पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की महान्यायाधिवक्ताले आफ्नो कार्यकालमा दर्ता भएका कुनै पनि मुद्दामा पक्षबाट हटेपछि विपक्षबाट बहस गर्नु उचित नहुने बताउँछन् ।
आजको कान्तिपुर दैनिकमा रमनको प्रतिक्रिया पनि राखिएको छ – रमनले सुन भेटिएको र सुन नै नभेटिई तस्करी भएको भनिएको भनिएको घटना एउटै हुन नसक्ने जिकिर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?