काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक विकास भए पनि विकासको राजनीति नभएको बताएका छन् ।
बुधबार राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सो कुरा बताएका हुन् ।
‘राजनीतिक विकास त भयो तर विकासको राजनीति भएन ।’ लोहनीले भने ।
नेपालमा राजनीतिक स्थिरता नभएको स्मरण गराउँदै त्यसैका कारण सुशासन नभइ, भ्रष्ट्राचार बढेर जानाले नेपालमा केही मानिसहरु धनी हुँदै गएको र गरिबहरु झन झन गरिब हुँदै गएको बताए ।
‘राजनीतिक स्थिरता छैन, सुशासन छैन, भ्रष्ट्राचार बढेर गएको छ । केही मानिस धनी भएका छन् ।’ उनले भने, ‘४० औँ लागि नेपालीहरु मरुभूमीमा पसिना बगाएर बसेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया