साउदी अरेरिबायाद्वारा यमनमा बमबारी

लोकपथ
1.9k
Shares

यमन । केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ ।

यमनको मारिब सहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्वारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब सहरको अधिकांश भू-भाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यमनका अधिकारीहरुले जनाएका छन् । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यमनका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ ।

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो सहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?