नुवाकोट-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ ।
यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको हो ।
अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८÷०६९ देखि चालु आव २०७४÷०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया