संसद्को अर्को बैठक भोलि बिहान १० बजे

काठमाडौँ -संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । 

 प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ १० गते बिहान १० बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?