गरीब मन्त्री रामबहादुर थापा, सम्पत्तिको नाममा जम्मा ६ तोला सुन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुझाएको सम्पत्ति विवरणमा जम्मा ६ तोलासात्रै सुन रहेको उल्लेख गरीएको छ । गृहमन्त्री थापाले बुझाएको सम्पत्ति विवरण हेर्दा लाग्छ– थापा गरीब मन्त्री हुन् । 

गृहमन्त्री थापासँथ बैंकमा जम्मा ५० हजार रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उल्लखे छ । 

थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको उल्लेख गरेका छन् । तर, रेस्टुरेन्टबाट आएको ३ लाख रुपैयाँ नगद भने उनीसँग रहेको खुलाइएका छन् ।

गृहमन्त्री थापाकी पत्नी नैनकला थापाको नाममा भने चितवनमा भने १ कठ्ठा ३ धुर जग्गा रहेको विवरणमा उल्लखे गरिएको छ । त्यस्तै चितवनको भोजाङमा श्रीमती थापाको पेवाको रुपमा तीन कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको छ । 

यसैगरी थापाले प्रयोग गर्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माओवादी केन्द्रको नाममा छ । 

थापासँग रहेको ६ तोला सुनको स्रोत भने श्रीमतीलाई भाइले विदेशबाट उपहार स्वरुप दिएको उक्त सम्पत्ति विवरणमा उल्लखे गरिएको छ । 

त्यस्तै श्रमतीको नाममा अपर तामाकोसी हाइड्रोपावरको १४६ कित्ता शेयर रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?