ब्लाक डायमन्डका नाममा तीन करोड ठग्न खोज्ने रमेश रजक सहित आठजना पक्राउ

काठमाडौं । ब्लाक डायमन्ड ( कालो हिरा ) बिक्रीका लागि ग्राहक खोज्दै हिडेका लैनचौरका रमेश रजक बुधवार दरवारमार्गबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका अनुसार, उनको साथबाट दुई टुक्रा कालो हिरा समेत बरामद गरेको छ । दुई टुक्रा हिराको तीन करोड मोलमोलाई गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन ।

एक ब्यक्ति करोड मूल्य बराबरको कालो हिरा विक्रीका लागि मोलमोलाई गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले दरवारमार्गस्थित एक स्थानमा छापामारी रजकलाई पक्राउ गरिएको हो ।
उनीसंगै अन्य सातजना पनि पक्राउ परेका छन् । तर, उनीहरुको भूमिको विषयमा अनुसन्धान भइरहेकाले प्रहरीले नामहरु सार्वजनिक गर्न मानेको छैन ।

दरबारमार्ग वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले कालो हिराको कुरा सुन्ने वित्तिकै आफूपनि आश्चार्यमा परेको बताए ।

तर, ठगहरुको ठगी जन्य अपराध नियन्त्रण गर्न उनलाई पक्राउ गरिएको उहाँले स्पष्ट पार्नुभयो । कालो हिरा र उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?