भक्तपुर । तिब्र गतिमा रहेको ट्रिपरको ठक्करबाट सागाँ पलासेमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा नेपाल प्रहरी स्कुल साँगामा कक्षा–८ मा अध्यनरत छात्र वर्ष १३ का अरविन्द घिमिरे, उनकी आमा वर्ष ४२ की सविता घिमिरे र आफन्त ५० वर्षीय हरिबहादुर कटुवाल रहेका छन् ।
बनेपाबाट काठमाडौं आउदै गरेको बा ३ ख ६६७४ नम्वरको ट्रिपरले पलासे ओरालोमा बा ५६ प १२२७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयन श्रेष्ठले तित्र्रगतिमा रहेको ट्रिपरको ठक्करबाट स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको जानकारी दिएका हुन ।
अरविन्द विरामी भएको खवर पाएपछि आफन्त कटुवालको स्कुटर चढेर सविता छोरो लिन साँगा पुगेकी थिइन । साँगा स्कुलका निर्देशक दिनेशराज मैनालीले छात्र अरविन्दको दुखद घटनाले स्कुल परिवार नै स्तब्ध र शोककलु बनेको बताए ।
आज विद्यालय सञ्चालन हुन सकेन । सम्पूर्ण विद्यार्थी रुवावासी गर्दै दुर्घटना स्थलमा आएका थिए । उनीहरुले हत्या चालकलाई कारवाही गर्न र सडकमा देखिएको ट्रिपरको दादा गिरी नियन्त्रण गर्न माग गरे ।
छोरालाई स्कुटरको बीचमा राखेर साँगाबाट अस्पताल फर्किदै गर्दा ‘हेभी लोड’ रहेको ट्रिपरले एक्कासी पछाडिबाट ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार, स्कुटरलाई ठक्कर दिएर ट्रिपर चालक फरार भएका छन् । ट्रिपर प्रहरीको नियन्त्रणमा छ ।
प्रहरीका अनुसार, मृतक छात्र अरविन्दका पिता बैदेशीक रोजगारीको सिलसिलामा विदेश रहेका छन् । दोलखा मेलुङ घरभइ हाल लोकन्थली बस्दै आएका अरविन्द स्कुलको होस्टेलमा नै बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया