काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीका रुपमा रहेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा रहेका महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोलाा सुन रहेको छ भने पैतृक सम्पत्तिमा २७ तोला सुन र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उल्लखे गरेका छन् ।
यातायात्र मन्त्री महासेठको अधिकांश सम्पत्ति श्रीमतिका नाममा रहेको छ । जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको सम्पत्ति विवरणमा उल्लखे छ । जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय वर्गफिटमा फैलिएको छ भने ललितपुरको घर ५८ सय वर्गफिटमा फैलिएको छ ।
त्यसैगरी महासेठको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ छ ।
यातायात मन्त्री महासेठका नाममा धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढी जमिन रहेको पाइएको छ । उक्त जग्गामध्ये ५ स्थानको जमिन मन्त्री महतोकी श्रीमति जुली महताको नाममा रहेको छ भने २ स्थानको मन्त्री महासेठकै नाममा रहेको विवरणमा उल्लेख छ ।
धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि छ ।
यसैगरी ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । त्यस्तै मन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी, सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया