काठमाडौं । झापा काकडभित्ताबाट काठमाडौं आउदै गरेको ना ६ ख ६२३१ नम्वरको यात्रुवहाक बसमा सवार एकयात्रु लागूऔषध सहित पक्राउ परेका छन् ।
उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गा चेकप्वाइण्टमा प्रहरीले बस खानतलासी गर्दा मोरङ पथरी सञ्चारे नगरपालिका वडा नम्वर–४ बस्ने वर्ष २१ को बिरेन ठकुरी उक्त लागूऔंषध सहित पक्राउ परेका हुन ।
महानगरीय प्रहरी वृत्त नागढुङगाले उनको साथबाट ब्रुपिनर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाइजेपाम १८ एम्पुल गरी ५४ एम्पुल अबैध लागूऔषध बरामद भएको छ ।
लागूऔषध तस्करहरुको भरियाको रुपमा काम गर्दै आएका ठकुरीले उक्त लागूऔषध काठमाडौंसम्म पु¥याए वापत पाँच हजार बाटो खर्च पाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया