एमाले महाधिवेशन : समय लम्बिँदा खर्च बढ्यो

लोकपथ
231
Shares

काठमाडौं । मंसिर १० गतेदेखि चितवनमा जारी एमालेको १०औं महाधिवेशन अझै सकिएको छैन । यससँगै महाधिवेशन खर्च पनि बढेको छ । अनुमानित खर्चभन्दा करिब डेढ करोड खर्च बढी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

मतदानस्थलमा सञ्चारकर्मीहरुसँग ३ दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड भनिएको थियो, यद्यपि ५ दिनसम्म लम्बिँदा खर्चसमेत बढेको तामाङले बताए ।

‘सबै गरेर डेढ करोडजत्ति खर्च बढेको अनुमान छ’, तामाङले भने, ‘दिन लम्बिँदा खर्च पनि बढ्यो ।’

उनले अन्तिममा आएर मात्रै चुनाव गरिएको पनि बताए । बिहान ४ बजेसम्म सहमतिमा टुङ्ग्याउन खोजिएको तर, नभएपछि मात्रै चुनाव भएको उनको दाबी रहेको छ । त्यसैगरी आगामी नेतृत्वले न्यायालयमा देखिएको समस्या समाधान गर्ने समेत उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?