सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित समातिए

सुनसरी : सुनसरीका जिल्ला शिक्षा समन्वय समिति प्रमुख खगेन्द्र प्रसाद सुवेदीलार्इ अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले ५० हजार रूपैयाँ घुससहित रंगेहात समातेको छ । 

जिल्लाको घण्टाबारीमा रहेको श्री अाधारभूत विद्यालयमा शाैचालय र विद्यालय कम्पाउन्ड बनाउन बजेट पारिदिने शर्तमा सुवेदीले सो विद्यालयका प्रशासनसँग ५० हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

सुवेदीले घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोलीले छापा मारी सुवेदीलार्इ रंगेहात पक्राउ गरेको हो । सुवेदीमाथि अनुसन्धान शुरू गरिएको जनार्इएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?