काठमाडौं- केरुङ–काठमाडौैं रेल सञ्चालनबारे चिनियाँ प्राविधिक टोेलीले अध्ययन थालेको छ । चिनियाँ प्राविधिकहरूले काठमाडौंको टोखाबाट रेल परियोजनाको प्रारम्भिक अध्ययन सुरु गरेको हो । यसका लागि सात सदस्यीय चिनियाँ प्राविधिक टोली काठमाडौैं आएको छ ।
टोखाबाट रेल मार्ग परियोजनाको प्रारम्भिक अध्ययन थाल्नुको मुख्य उद्देश्य टोखालाई रेल मार्गको सम्भावित स्टेसन बनाउन सकिन्छ कि भनेर हो । चिनियाँ टोली टोखामा प्रारम्भिक अध्ययन गरेर नुवाकोट पुगेको छ ।
विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार, सो टोलीले काठमाडौंदेखि केरुङसम्म विभिन्न स्थानमा रेल सञ्चालन सम्भाव्यताबारे अध्ययन गर्नेछ, राजधानी दैनिकमा खबर छ ।
यसअघि पनि सरकारले रेल सञ्चालनसम्बन्धी डीपीआर निर्माणका लागि पहल गरेको थियो । केही समयअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा सात सदस्यीय टोली छलफलका लागि बेइजिङ गएको थियो । सोही बेला बेइजिङमा चिनियाँ रेल्वे एडमिनिस्ट्रेसन र नेपाली टोलीबीच रेल मार्गको अध्ययनबारे सम्झौता भएको थियो । सोही सम्झौतानुसार चीनले सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया