नेकपाभित्र असन्तुष्ट रावललाई विधानको जिम्मा

 काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा निर्माण गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी एकतापछि संसदीय दलको विधान बनाउन कार्यदल गठन भएको हो । कार्यदललाई १५ दिनभित्रमा विधानको मस्यौदा तयारी गरी बुझाउनुपर्ने समय दिइएको छ । रावल तत्कालिन एमाले उपाध्यक्षसमेत थिए । उनी एकतापछिको नेताहरूको व्यवस्थापनको विषयलाई लिएर असन्तुष्ट बन्दै आएका थिए ।

कार्यदलमा सांसदहरू देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य रहेको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक खगराज अधिकारीले बताए,  राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?