मंगलसेन : जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा रु ११ लाख बढी राजश्व संकलन गरेको छ ।
कार्यालयले विभिन्न सवारीसाधनलाई कारबाही गरेबापत रकम संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय, साँफेबगरका अनुसार २३४ वटा बसलाई गरिएको कारबाहीबाट रु एक लाख ३९ हजार, २२४ ट्रक कारबाहीबाट रु एक लाख ३४ हजार ५००, ६५२ वटा जिप कारबाहीबाट रु तीन लाख ६३ हजार, ३२० ट्रयाक्टरलाई कारबाही गर्दा रु एक लाख ९५ हजार र ५५७ वटा मोटरसाइकललाई कारबाही गर्दा रु तीन लाख २१ हजार राजश्व संकलन गरिएको हो ।
गत आवमा एक हजार ६४८ सवारी कारबाहीमा रु १० लाख नौ हजार ५०० संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगरका इञ्चार्ज कर्ण चुनाराले जानकारी दिए । प्रहरीका अनुसार विभिन्न २७ वटा सवारी दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएको, पाँचजना गम्भीर घाइते भएका र ४२ जना सामान्य घाइते भएका छन् ।
चालू आवको १० महिनामा २७ सवारी दुर्घटनामा परेकामध्ये पाँचवटा ट्रक, आठवटा जिप, आठवटा ट्रयाक्टर र छवटा मोटरसाइकल रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते ४२ जनामध्ये छजना महिला र ३६ जना पुरुष रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया