काठमाडौँ- साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।
उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो।
विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो।
सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पु-याइएको छ। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। सुनकाण्डका संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे फरार भएका थिए।
तर मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो। आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया