काठमाडौँ -संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीको सर्वाधिक खोजी सुचीमा रहेका गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।
उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन ।
पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो ।
सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसवापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।
पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए ।
'एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्,' ती सदस्यले भने, 'प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए ।'
प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया